वियोगान्त गीत गाउँदा छुट्टै आनन्द हुन्छ – गायक ‘विक्रम परियार’

माण्डवी न्युज
माण्डवी न्युज ३० फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

काठमाण्डौ – नेपाली लोक गीत क्षेत्रको चिरपरिचित कलाकारको नाम हो ‘विक्रम परियार’। स्याङ्जाको उर्वर माटोमा जन्मिएका जादुमय स्वरका धनि गायक परियारले बिसेशतः वियोगान्त गीतहरुमा आवाज दिनु भएको छ र एक पछि अर्को गर्दै स्रोता माझ मर्मस्पर्सी गीतहरु पस्किदै आउनु भएको छ ।

सबै गीतलाई न्याय दिन सक्ने अदभुत कला भएका गायक परियारले कतिपय गीतहरुमा आँशु झार्दै गीत रेकर्ड गरियो भनेर बेला बेलामा सामाजिक संजालमा लेख्नु भएको हुन्छ। नेपाली गीत संगीतमा चर्चित व्यक्तित्वहरुसंग सहकार्य गर्दै आउनु भएका परियार यतिबेला मेला महोत्सवमा व्यस्त हुनु हुन्छ । ‘विक्रम परियार’ माया प्रेममा विछोड भएका युवा युवतीहरुको बिशेष रोजाईमा पर्नु हुन्छ ।

सुमधुर स्वरका धनि गायक परियाले आवाज दिनु भएका सबैजसो गीतले सामाजिक संजाल युटुबमा लाखौँ भ्युजर पाउन सफल भएका हुन्छन भने टिकटकमा पनि उहाँका असंख्य फ्यानहरु छन् । विक्रम परियार, पछिल्लो समयमा नेपाली लोक गीत क्षेत्रमा स्रोताले अत्याधिक रुचाएका कलाकार मध्य पर्नु हुन्छ । उहाँको जादुमय आवाजले लाखौँ स्रोताको मन जित्न सफल हुनु भएको छ ।

गाउन त सबै गीत गाउन सकिन्छ, गाइन्छ पनि तर वियोगान्त गीत गाउँदा छुट्टै आनन्द हुन्छ’- गायक परियार भन्नुहुन्छ । गीत गाउँदा गाउँदै धेरै पटक रोएको पनि अनुभव छ उहाँसंग । आफैले बुझ्न सक्दैन गीतका शब्दले खै कता कता चस्स पार्दो रैछ’। मैले आवाज दिएका धेरै गीतहरुलाई मेरा भगवान रुपी स्रोताले असाध्यै मन पराई दिनु भएको छ, आगामी दिनमा पनि उहाँहरुबाट यस्तै माया, साथ् सहयोगको अपेक्षा गरेको छु’- विक्रमले भन्नु भयो ।

हाल सम्म सार्वजनिक भएका गीतमा प्राय वियोगान्त गीत रहेका छन् । ‘खोलीको दोभानो, भाग्यमा नलेखेकै रैछौ, आफै रुनु पर्ने, गल्ती, कसको अनुमती, पागल मान्छे, पाखे, बाँचेको छु धन्न बोलका गीतले उहाँको चिनारीलाई थप फराकिलो बनाउन मद्दत गरेको छ। प्रतिभावान कलाकार ‘विक्रम परियार’ को सांगीतिक यात्राले शिखर चुमोस, हाम्रो पनि शुभकामना । #dangsamachar.com

प्रतिक्रिया दिनुहोस्

Array