जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

माण्डवी न्युज
माण्डवी न्युज १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौं – जंगली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।

जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जंगली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ त्रिशुली अस्पताल रिफर गरिएको छ।

उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको र उनीहरुले त्यहाँ के काम गर्थे भनेर यकिन नभएको डा फोजुले बताए। तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि चीज नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array