दाङ-सल्यान सडक खण्ड फेरी अवरुद्ध

माण्डवी न्युज
माण्डवी न्युज १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

दाङ – राति देखि निरन्तर परेको वर्षातका कारण दाङको साततले भन्ने स्थानमा पहिरो खसेपछि राप्ती राजमार्ग फेरि अवरुद्ध भएको छ ।

दाङ-सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर-३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा यातायात पूणर्रुपमा आवागमन ठप्प भएको छ, वर्षात निरन्तरत भइरहेकोले पहिरो हटाउन समस्या भएको र वर्षा रोकिएपछि पहिरो पन्छाउने उनको भनाई छ ।

पहिरो निरन्तर झरिरहेको हुँदा सल्यानको कपुरकोटमै र दाङको तुलसीपुरमै सवारी रोकिएका छन । निर्माणाधिन दाङ सल्यान सडक वर्षातको समयमा सधैँ झै अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array