चट्याङबाट घाइते भएकाहरुको नाम ठेगाना खुल्यो

माण्डवी न्युज
माण्डवी न्युज १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

दाङ – दाङमा चट्याङ लागेर घाइतेहुनेहरुको नाम ठेगाना खुलेको छ ।

घाइतेहुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १२ गुरौ गाउँ निवासी १५ वर्षिया निरुता शाह, १५ वर्षकै जयन्ति घर्ती, १६ वर्षिया यामुसरी थापा, ३८ वर्षिया यम कुमारी शाह रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

चट्याङबाट गम्भीर घाइतेहरुलाई प्रहरी र स्थानीयको सहयोगमा डोकोमा राखेर उपचारका लागि घोराही ल्याउदै गरेको प्रवक्ता गौतमले बताए ।

त्यस्तै सोही गाउँका १४ वर्षिया अन्जना घर्ती, ३८ वर्षिया बेलकुमारी घर्ती, १५ वर्षिया साबित्रा वली, ४२ वर्षिया मनकुमारी वली र ४ वर्षिया जेनिशा शाह सामान्य घाइते भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

राती साढे एघार बजे नाचगानमा रमाइलो गरिरहेका दुई बालिकाको चट्याङबाट घटनास्थलमै ज्यान गैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array