माओवादीबाटै सबैको अधिकार सुरक्षित – महरा

माण्डवी न्युज
माण्डवी न्युज १८ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

दाङ – पुर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादीले जन अधिकार प्राप्त गर्न निरन्तर लागि रहनु पर्ने बताएका छन ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले दाङको भालुवांगमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महराले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समुदायगत सहभागितामा जोड दिने कार्यकर्तालाई सुझाव दिए । उनले आदीवासी जनजातीको हक अधिकारको लागि लामो समय संघर्ष गरेको स्मरण गर्दै जनयुद्धकै कारण यी उपलव्धी सफल भएकोदावी पनि गरे । उनले भने, जनयुद्धकै कारण सिमान्तकृत समुदाय अधिकार प्राप्त गर्ने धेरै हदसम्म सफल भएका छन्, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै, थप अधिकारको लागि संघर्ष आवश्यक छ ।

यस्तै पुर्व कृषि मंत्री तथा बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य जोखबहादुर महरा, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष लुमाकान्त न्यौपाने (सागर), दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य लगायतको सहभागिता थियो ।

जसपाकी केन्द्रिय सदस्य माओवादीमा
जनता समाजवादी पार्टीकी केन्द्रिय सदस्य लक्ष्मी चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन । उनलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर महराले स्वागत गरेका थिए । चौधरी जसपाको लुम्बिनी प्रदेश सचिव हुन । उनि भर्खरै जिल्ला भूमि आयोगको विज्ञ सदस्यको रुपमा नियुक्त भएकी थिइन् ।

May be an image of 1 person and indoor

पार्टी प्रवेश गर्दै लक्ष्मी चौधरीले नेकपा माओवादीबाटै जनजाती अधिकारको लागि थप आन्दोलन गर्न सहज हुने र जनआन्दोलनमा माओवादीको भूमिका ठूलो भएको बताउँदै, उनले अब माओवादीमा रहेर सङ्गठन विस्तारमा लाग्ने बताइन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महराले उनलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रतिबद्दता गरे ।

जसपाबाट बावुुराम भट्टराई अलग भइसकेपछि उपेन्द्र यादव नेतृत्वको जसपाले लक्ष्मीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । चौधरी लामो समय आदीवासी जनजाती आन्दोलनमा खारिएको नेतृ हुन।

प्रतिक्रिया दिनुहोस्

Array