भारतको उत्तर प्रदेश बाराबंकी दुर्घटनामा दाङका वलीको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज १८ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

दाङ – भारतमा आज भएको सवारी दुर्घटनामा परि ज्यान गुमाउने मध्य दाङका एक जना रहेका छन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा निवासी अन्दाजी ४२ बर्षिय चक्रबहादुर वलीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।

उत्तर प्रदेश बाराबंकीमा शनिबार बिहान भएको दुर्घटनामा वली संगै अन्य तीजन जना नेपालीको पनि मृत्यु भएको छ । नेपालगञ्ज सीमावर्ती बजार रुपैडिहाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नम्बरको बसलाई तीव्रगतिमा आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको घटना भएको थियो ।

भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबंकी नजिकै टायर पञ्चर भएपछि टायर बदल्नका लागि रोकिएको थियो । तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो ।

वलीसंगै उनको गाउँबाट गएका अर्का एक जना सकुशल छन । लामाे समयदेखि ड्राइभर पेशामा रहेका वली मजदुरीको लागि पहिलाेपटक भारत जान लागेका थिए । तर उनकाे त्याे सपना भारतीय भुमिमै बिलाएको छ । मृतक वलीको घरमा उनकी श्रीमती दुई छाेरी र एक छाेरा रहेका छन ।

शवलाई नेपाल ल्याउने तयारी भैरहेको परिवारले बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

Array