पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालीन अवतरण

माण्डवी न्युज
माण्डवी न्युज १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज आपतकालीन अवतरण गरिएको छ।

आइतबार बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको उक्त जहाजमा समस्या आएपछि उडेको ७ मिनेटपछि पुन: पोखरा विमानस्थलमै अवतरण गरिएको हो।

जहाजमा इन्टिकेसनमा समस्या आएपछि सोही विमानस्थलमा अवतरण गरिएको विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।

क्याप्टेनले संगल इन्जिनबाट जहाज अवतरण गराएको र इन्जिनियरहरुले चेकजाँच गरेपछि समस्याको पहिचान हुने चालिसेले बताए। उक्त जहाजमा १८ यात्रु सवार थिए। सबै यात्रु तथा चालक दल सकुशल रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array