बदेलको आक्रमणबाट दाङमा एकजना गम्भीर घाइते

माण्डवी न्युज
माण्डवी न्युज २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

दाङ– बदेलको आक्रमणबाट दाङमा एक युवक गम्भीर घाइते भएका छन् ।

बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र पर्ने दाङको बबई गाउँपालिका वडा नं. ७ मलई निवासी २३ बर्षीय प्रदिप पुलामी बंदलेको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

सोमबार विहान ९ बजे तिर बारीमा मकै भाच्न गएका पुलामीलाई निकुञ्जबाट आएर बारीमा पसेको बदेलले आक्रमण गरेको हो ।

बदलेले उनको दाहिने हात र खुट्टाको पाखुरा आक्रमण गरेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि अप्रेशनका लागि तुलसीपुरको सिटि हस्पिटल ल्याइएको छ ।

पुलामी जस्तै अन्य व्यक्ति पनि निकुञ्जको बदेलको आक्रमणबाट पटक पटक घाइते भइसकेका छन् ।  निकुञ्जबाट आउने बदेलले बर्षेनी मकैबाट नष्ट पार्दै पनि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array