शिक्षकको कुटाइबाट विद्यार्थीको औंला फ्याक्चर

माण्डवी न्युज
माण्डवी न्युज २२ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

दाङ – शान्तिनगर गाउँपालिका ३ स्थित विपि कोइराला माध्यामिक विद्यालय पातेटाकुराका  एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरि घाइते बनाएका छन ।

विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ वर्षका छात्र सुशील बुढाथोकीलाई निर्घात कुटपिट गरि घाइते बनाएको घटना सार्वजनिक भएको छ । शिक्षक भण्डारीले विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर ल्याएर पाइपको लाठी प्रहार गर्दा छात्र बुढाथोकीको हात फ्याक्चर भएको छ भने दुबै हात सुनिएको
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए । विद्यार्थीको दायाँ हात फ्याक्चर भएको छ ।

‘बाहिर ल्याएर गोरु चुटे जसरी पाइपको लठ्ठीले मरनासन्न हुनेगरी कुटेको देखे । अन्य सरहरुले यस्तो नगर्नुस सर भन्दा पनि मान्नु भएन । दया भएको मान्छेले यस्तो गर्नै सक्दैन ।’ एक शिक्षकले नाम नबताउने सर्तमा भने ।

यता आरोपी शिक्षक भण्डारीले कक्षा कोठामा विद्यार्थी आपसमा झगडा गरेपछि लाठीले पुठामा हान्दा हातमा लागेर औला फ्याक्चर भएको प्रतिक्रिया दिएका छन । ‘यो मिडियामा ल्याउने खालको छैन । सामान्य हो । म आफै औषधी गर्नका लागि विद्यार्थीलाई ल्याएर हस्पिटल आएको समेत बताए ।

घाइते छात्रा बुढाथोकीको फ्याक्चर भएको औंलाको भोली बिहान ७ बजे अप्रेसन गर्ने तयारी रहेको बुझीएको छ । शिक्षकको कुटाईबाट घाइते बुढाथोकीलाई राप्ती प्रादेशिक अस्पताल पश्चात सिटी हस्पिटलमा लगिएको थियो ।

यता प्रहरीले पिडित बालकका अभिभावकले किटानी जाहेरी दिएमा मुद्दा चल्ने बताएको छ । प्रहरीमा जाहेरी नआएको तर जाहेरी आएमा शिक्षक भण्डारीलाई पक्राउ गरेर कार्बाही प्रकृया अघि बढाउने दाङ प्रहरीले बताएको छ ।

विद्यार्थी कुटपिट गर्ने तुलसीपुर–१२ क्वाङी निबासी ४१ बर्षका शिक्षक उदयराज भण्डारीले विगत दुई बर्षदेखि कक्षा ९,१०,११ र १२ कक्षालाई पढाउँदै आएको विद्यालय प्रशानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array