करेन्ट लागेर मिस्त्रीको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – घरमा हयाण्ड पम्प जडान गर्ने क्रममा करेन्ट लागेर पर्सामा एक जनाको मृत्यु भएको छ। करेन्ट लागेर पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर बस्ने २७ बर्षिय मिस्त्रीको काम गर्ने ईसराईल मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान ७ बजेको समयमा वीरगञ्ज महानगरपालिका–१३ राधेमाईमा रहेको एकघरमा ह्याण्ड पम्प जडान गर्नेक्रममा मियाँ करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते मियाँलाई तत्कालै उपचारको लागि तराई हस्पिटल वीरगञ्ज पठाइएकोमा चिकित्सकले उनलाई मृत घोषण गरेको पर्साका प्रहरी प्रबक्ता दीपक गिरीले जानकारी दिए । घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको गिरीले बताए।

प्रतिक्रिया दिनुहोस्

Array