तुलसीपुरदेखि काठमाडौंका लागि छुटेको बस दुर्घटना

माण्डवी न्युज
माण्डवी न्युज २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

दाङ – तुलसीपुरबाट काठमाडौंका लागि छुटेको बस तुलसीपुरको पिपलबोट नजिकै दुर्घटनामा परेको छ । सोमबार बेलुका साढे पाँच बजेतिर तुलसीपुरको पीपलबोटको उकालोमा तुलसीपुरबाट काठमाडौका लागि छुटेको ना ६ ख १२९० नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

पिपलबोटको उकालोमा बसमा डिजेल सकिएपछि गाडी ब्याक हुँदा नजिकै रहेको न्यू बस्त्रालय फेन्सी पसलमा ठोकिएको छ । बस पसलमा ठोकिदा मानविय क्षति भने हुन नपाएको प्रहरीले बताएको छ। चालकको सावधानीका कारण मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array