काठमाडौैं महानगरको ट्राफिक विज्ञमा पूर्व एसपी जगतमान श्रेष्ठ नियुक्त

माण्डवी न्युज
माण्डवी न्युज २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाले पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक विज्ञको रुपमा नियुक्त गरेको छ ।

मंगलबार महानगरका मेयर बालेन्द्र साह (बालेन)ले मेयरस्तरीय निर्णयबाट श्रेष्ठलाई काठमाडौंको ट्राफिक व्यवस्थापनमा सहजीकरण र सुझावको लागि नियुक्त गरेको बालेनको सचिवालयले जानकारी दिएको छ ।

श्रेष्ठलाई अवैतानिक सल्लाहकारको रुपमा राखिएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ट्राफिक प्रहरीको रुपमा श्रेष्ठले १८ वर्ष भन्दा धेरै समय काम गरेका थिए । उनी नेपाल प्रहरीमा ३० वर्ष सेवा गरेर निवृत्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array