मल उपलब्धतामा सहजता ल्याउने प्रयास गर्नेछौं – उपप्रमुख योगी

माण्डवी न्युज
माण्डवी न्युज १६ पुष २०७९, शनिबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिका – ३ स्थित कान्तिपुर कृषक सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन शनिबार सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले मल उपलब्ध गराउने सवालमा किसानलाई सहजता गराउने प्रयास थालिने बताउनु भयो ।

साथै नगर भित्र संचालित रहेका कृषक सहकारीहरु किसानमुखी भएर सेवा प्रवाह गर्नु पर्ने बताउनु भएको छ । सधैं जसो किसानलाई मलको अभाव हुने भन्ने विषयमा बोल्दै उपप्रमुख योगीले नगर भित्र रहेका सबै सहकारीलाई भेला गरेर समस्या समाधान गर्ने तर्फ आफु अग्रसर रहने बताउनु भयो ।

संस्थाका अध्यक्ष तुलसीराम अधिकारीको अध्यक्षता एवम् लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक तिर्सन अधिकारीले गर्नु भएको थियो ।

त्यस्तै संस्थाका उपाध्यक्ष खै वहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका सचिब केशवराज पोख्रेलले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा हरि नारायण चाैधरी ,खिमा न्याैपाने र पुरन चौधरीलाई पुरस्कृत गरिएको छ । उहाँहरु असल ऋणी , असल बचतकर्ता ,असल उपभोक्ता हुन सफल भएको भन्दै नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

त्यस्तै आज शनिबार सम्पन्न भएको छैठौं अधिवेशन संस्थाको कार्यसमितिका पदाधिकारीमा हेरफेर गरेको छ । अध्यक्षमा पुरानै अध्यक्ष तुलसीराम अधिकारीलाई निरन्तरता दिइएको छ। उपाध्यक्षमा बुद्ध बहादुर जिसी, सचिवमा पनि केशवराज पाेख्रेललाई निरन्तरता दिएको छ ।

त्यस्तै काेषाध्यक्षमा सीता ओलीलाई चयन गरिएको छ भने अन्य एघार जना सदस्यहरु निर्विरोध चयन भएको सचिव केशवराज पोख्रेलले जानकारी दिनु भयो ।

May be an image of 6 people and people standing

May be an image of 7 people, people standing and outdoors

May be an image of 3 people and people standing

May be an image of 3 people and people standing

May be an image of 4 people and people standing

प्रतिक्रिया दिनुहोस्

Array