ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूकाे एकीकृत काराेबार दाङमा पनि सुरु

माण्डवी न्युज
माण्डवी न्युज २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

दाङ – ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभिएर साेमबारदेखि ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु भएको छ। एकीकृत काराेबारकाे लमही नगरपालिका प्रमुख जाेगराज चाैधरीले रिबन काटेर शुभारम्भ गर्नु भएको हो ।

बैंक अफ काठमाण्डूसँग मर्ज भएसँगै ग्लोबल आईएमई बैंक मुलुककै ठूलो वाणिज्य बैंक बनेको छ। आजदेखि दाङकाे लमहीबाट एकीकृत काराेबार सुरु भएको बैंककी शाखा प्रवन्धक रेणु घिमिरेले जानकारी दिनु भयो । ‘मर्जर’पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्तापुँजी ३५.७७ अर्ब, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी पुगेकाे छ।

दुई बैंकको मर्जरपश्चात् कुल ३९६ शाखा कार्यालय, ३६८ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा यो बैंक मुलुकको सबैभन्दा ठूलो बैंक भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array