भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

माण्डवी न्युज
माण्डवी न्युज ४ फाल्गुन २०७९, बिहीबार
0 Min Read
Aa

काठमाण्डौ – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। दुई हप्ताअघि बढेर आएको पेट्रोलियम पदार्थको मूल्य अहिले भने घटेर आएको हो।

भारतीय आयल निगमले पठाएको पत्रअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ १७ पैसा, डिजेल ६ रुपैयाँ ५० पैसा घटाइएको छ। हवाई इन्धन भने ३ रुपैयाँ ८८ पैसाले घटेर आएको छ।

हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array