काठमाडौँको फोहोर फाल्न सकस, तस्बिरमा हेर्नुहोस्

माण्डवी न्युज
माण्डवी न्युज २४ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडाैँ –  काठमाडौँको फोहोर फाल्न फेरि सकस देखिएको छ । बञ्चरेडाँडामा फोहोर पुगेका टिपरलाई अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो ।

सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका छन् ।

स्थानीय श्रीहरि ढकालले रातोपाटीलाई दिएको जानकारी अनुसार करिब दुई घण्टास्थानीय र प्रहरीबीच झडप भएको थियो । यसक्रममा प्रहरीले एक दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको ढकालले बताए ।

प्रहरीले अवरोध गर्ने स्थानीयलाई नियन्त्रणमा लिएपछि फोहोर फाल्ने तयारी गरिएको छ । यता ढकाल ले स्थानीय जनप्रतिनिधि र सरोकार समितिका प्रतिनिधि नराखी गरिएको सहमति आफूहरूलाई मान्य नहुने बताए ।

आफूहरूले राख्दै आएको माग पुरा नभएसम्म फोहोर फाल्न नदिने स्थानीयको अडान दोहोर्याए । ‘केही दिन अघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आएर अब प्रहरी लगाएर फोहोर फाल्न लगाउँदैनौँ भनेर प्रतिबद्धता जनाउनु भएको थियो,’ उनले भने, ‘हामी वहाँलाई सहयोग नै गर्ने पक्षमा थियौँ ।

तर वहाँको प्रतिबद्धता एक हप्ता पनि टिकेन । उता मन्त्री रामकुमारी झाँक्रीले पनि आफू निकट मानिसहरूलाई मात्र राखेर सहमति गर्नुभयो । त्यो हामीलाई मान्य छैन । यस्तै हो भने सदाका लागि यहाँ फोहोर फाल्ने बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

Array