विनाेद शाही मृत्यु प्रकरणमा ५ जना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज २५ जेष्ठ २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डौ – अछाममा किशाेर मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ५ जना पक्राउ गरेकाे छ।

पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा सिआइबीले पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

‘सिआइबीले हिजो साँझ पाँचजनालाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको हो। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ’, जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले भने।

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए।

मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भीरको खोँचमा उनको शव फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array