आँबुखैरेनीमा सडक भासियो, दुईतर्फी यातायात अवरुद्ध

माण्डवी न्युज
माण्डवी न्युज २७ जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ । अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्

Array