फोहोर उठाउन १८ बुँँदे सहमति, राति मात्रै लैजान पाउने

माण्डवी न्युज
माण्डवी न्युज २७ जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – उपत्यको फोहोर व्यवस्थापनका लागि फेरि १८ बुँदे सहमित भएको छ।

यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच शुक्रबार मध्यराति सहमति भएको हो।

सहमतिअनुसार अब रातको समयमा मात्रै फोहोर फाल्ने समझदारी भएको छ। सहमतिपत्रमा सरकार र महानगरले गर्नुपर्ने काम समय निर्धारण गरेर उल्लेख गरिएको छ।

समझदारी पत्रमा काठमाडौँ महानगरका प्रमुुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौड्यालले हस्ताक्षर गरेका छन्।

त्यस्तै स्थानीयको तर्फबाट ककनी गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष पदबहादुर श्रेष्ठ, २ का अध्यक्ष तिलकबहादुर लामा र धादिङ धुनिबेसी नगरपालिका १ का अध्यक्ष श्रीमानबहादुर तामाङ र २ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन्।

सहमतिपछि शुक्रबारबाट उपत्यकाको फोहोर उठ्ने दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array