सडक भासिँदा मृत्यु भएका दुई जनामध्ये एक जनाको सनाखत

माण्डवी न्युज
माण्डवी न्युज २७ जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सडक भासिएको मर्स्याङ्दी नदी किनारमा शव फेला परेका दुई जनामध्ये एक जनाको सनाखत भएको छ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो।

दुई मृतकमध्ये एक जना गोरखाको सिरानचोक गाउँपालिका स्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ। यस्तै, मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कार मानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array