जेसीबी दुर्घटनामा हुँदा दाङ शान्तिनगरका वलीको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज २७ जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – जेसीबी दुर्घटनामा हुँदा दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर १ निवासी ३३ वर्षका यज्ञ वलीको मृत्यु भएको छ । ओली जेसीबी चालक भएको प्रहरीले बताएको छ।

गुल्मीको छत्रकोट गाउँपालिका वडानम्बर-२ पल्लिकोटको रातापानी भन्ने ठाउमा लु १ क ४७७१ नम्बरको जेसीबी डोजर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ओलीको मृत्यु भएको गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए

जेसीबी गएराती छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटनामा परेको र दुर्घटनामा परेको जेसीबी सडकबाट करिब ५ सय मिटर तल खसेको छ । जेसीबी बिहीबार राति दुर्घटनामा परेपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थानमा इलाका प्रहरी चौकी रिडिका प्रहरी निरीक्षक यमलाल बन्जाडेको कमाण्डमा टोलि खटिएको थियो । घटना स्थलमा प्रहरी पुग्दा चालक मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array