नमुना अभ्यासमार्फत जलउत्पन्न प्रकोपसम्बन्धी खोज तथा उद्धार विधि प्रदर्शन

माण्डवी न्युज
माण्डवी न्युज २७ जेष्ठ २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – पानी जन्य प्रकोपबाट हुन सक्ने जोखिम न्यूनिकरणका लागी तयारी थालिएको छ । यसापली पानीजन्य विपतबाट क्षती बढी हुने आँकलन भएसंगै राप्ती नदी तटिय क्षेत्रमा जोखिम न्यूनिकरणको अभ्यास गरिएको छ ।

राप्ती नदी तटिय क्षेत्र आसपासका बस्ती डुबान र कटानको उच्च जोखिममा रहेका छन् । हरेक बर्ष नदीमा आउने बाढीका कारण मानिसहरु बाढीमा फस्दै आएका छन् । जसले गर्दा समयमा उद्धार नहुदा दुःख पाउने गरेका घटनाहरु पनि छन । यसपालीको बर्खालाई मध्यजन गर्दै जिल्लामा पानी जन्य विपद्का घटनासंग जुध्न र बाढीमा फसेकाहरुको उद्धार गर्नका लागी नमुना अभ्यास गर्न थालिएको छ । नेपाली सेना रणसिंह दल गण अर्जुन खोलाले राप्ती नदीमा नमुना अभ्यास गर्दै बाढीबाट हुन सक्ने जोखिम न्यूनिकरणको तयारी थालेको नेपाली सेना रणसिंह दल गण दाङका प्रमुख सेनानी रविन्द्र महर्जनले बताए ।

दाङ जिल्ला राप्ती नदी र बबई नदीका कारण पानी जन्य प्रकोपको उच्च जोखिममा पर्छ । नदी आसपासका वस्ती उच्च जोखिममा रहन्छन् । हरेक बर्ष नदीमा आउने बाढीका कारण अकालमा ज्यान गुमेका घटनाहरु छन् । नदीको विच टापुमा मानिसहरु फसेको, उद्धारको लागी सुरक्षाकर्मी परिचालित भएर सुरक्षीत रुपमा पुर्नस्थापना गरेको घटना छन् । गाउँका युवा किसानलाई समेत खोज तथा उद्धारको सिप हस्तान्तरण गर्नुपर्ने लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताए।

बाढीका कारण हुन सक्ने सम्भावीत जोखिमबाट समुदायलाई बचाउन तालिम प्राप्त सुरक्षाकर्मी सधैं तयारी अवस्थामा रहेको सुरक्षा अधिकारीहरुको भनाई छ । पानी लगायत अन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्यूनिकरणका लागी सबै सचेत र सतर्क हुनुपर्ने लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताईन।

स्थानीय सरकार र नेपाली सेनाको तर्फबाट पानी जन्य विपद् न्यूनिकरणको नमुना अभ्यास गरेर तयारी अवस्थामा रहेको सन्देश दिएका हुन ।

कार्यक्रमको सहजीकरण लमही नगरपालिका विपद् शाखाका प्रमुख गायत्री थापा र नेपाली सेना रणसिंह दल गणका सेनानी दलबहादुर थापाले गरेका थिए।

No description available.

 

No description available.

May be an image of 6 people, people sitting and text that says 'जलउत्पन्न प्रकाप व्यवस्थापन सम्बन्धी नमूना अभ्यास कार्यक्रम मिति: २०७४/०१ आयोजक नगरपालिका दल गन'

May be an image of 9 people, people sitting, people standing and outdoors

May be an image of 8 people, people standing and outdoors

May be an image of 3 people and people sitting

May be an image of 3 people and text that says 'S NRCS'

May be an image of 7 people, people sitting and outdoors

May be an image of 3 people and people sitting

प्रतिक्रिया दिनुहोस्

Array