कृषिमन्त्रीका कारण सरकार र कांग्रेसको बेइज्जत भयो : सांसद चौधरी

माण्डवी न्युज
माण्डवी न्युज ३० जेष्ठ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवका कारण सरकार र नेपाली कांग्रेसको आलोचना भएको बताएकी छिन् ।

संसदमा नेकपा एमलले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिंदै उनले यस्तो धारणा राखेकी हुन् ।

किसानहरु मल नपाएर छटपटाइ रहेका बेला कृषिमन्त्री भने भारत भ्रमणमा निस्किएको भन्दै उनले गठबन्धनले राम्रो व्यक्तिलाई मन्त्री नबनाउँदा सरकार र कांग्रेसकै बेइज्जत भएको बताइन् ।

रोष्टमबाट कृषि मन्त्रीतर्फ हेर्दै सांसद चौधरीले भनिन्, ‘हिजो हाम्रो सभापतिले चाहेर पनि एक्लै काम गर्न नसकेको बताउनु भयो । यो सबै तपाईंहरु जस्ता मन्त्रीले गर्दा हाम्रा प्रधानमन्त्री र हाम्रो सभापतिले काम गर्न सक्नु भएन । बेइजत त हाम्रै कांग्रसको हुन्छ नि नेतृत्व हाम्रो छ ।’

प्रतिक्रिया दिनुहोस्

Array