लमहीले थाल्यो राजमार्ग सरसफाइ अभियान

माण्डवी न्युज
माण्डवी न्युज १ असार २०७९, बुधबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाले बजार क्षेत्रको मुख्य राजमार्ग सरसफाइ अभियान चलाएको छ । सडक अबरुद्ध हुने गरि बिक्रि वितरण गर्नका लागि राखिएका सामान हटाउनका लागि लमही नगरपालिकाले व्यवसायीलाई पटक पटक सुचना जारी गर्दै आएको थियो ।

सडकपेटी अतिक्रम गरि व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरुलाई समयमै सचेत गराउने र अटेरी गरे सम्बन्धित निकायले उठाउन सक्ने गरि केही दिन अघि मात्र सर्बदलिय बैठक बसेर निर्णय गरेको थियो ।

विभिन्न राजनीतिक दल, लमही नगरपालिका, नगर विकास, देउखुरी उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायत सरोकारवाला संस्था र निकायको उपस्थितिमा यस्तो प्रकारको कार्य गर्ने भनेर सहमति भएको चेम्बर अफ कमर्स लमहीका अध्यक्ष अजय न्यौपानेले बताए ।

नगरपालिकाले जारी गरेको सुचनाको व्यवसायीले बेवास्ता गरेको केही दिन अघि नगरपालिकामा बसेको सर्बदलिय सर्बपक्षिय भेलाले निष्कर्ष निकालेको थियो ।

“हामीले व्यापारीहरुलाई बेलैमा आफ्नो व्यवस्था गर्नुस भनेर भन्दै आएका थियौं तर अटेर गरेकोले हामी आफै हटाउन बाध्य भयौं”- नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए।

लमहीको अर्नवा घुम्ती देखि अर्जुनखोला पुल सम्म पुर्वपश्चिम राजमार्गको मुख्य सडकमै व्यापारीहरुले बिक्रीवितरण गर्नका लागि सामान राख्दा दुर्घटनाको उच्च जोखिम रहनुका साथै लमही बजारनै कुरुप देखिएको छ ।

“घर निर्माणका सामाग्री, बिग्रेका गाडी मोटर, फलफुलका ठेलागाढाहरु अव्यवस्थित रुपमा राखिएका छन, जस्ले गर्दा लमही बजारको मुहार नै कुरुप देखिएकोले यस्लाई हामीले हटाउनु पर्छ भनेर लागेका हौ, यो कार्यमा उहाँहरुलाई पनि सहयोग गर्नुहोस भनेर भनेका छौं”- लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले भने ।

प्रतिक्रिया दिनुहोस्

Array