ओलीको आरोप : व्यापारीका प्रतिनिधि राखेर बजेट बनाइयो

माण्डवी न्युज
माण्डवी न्युज २ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाएका छन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले मन्त्रिपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई करका दर र अंक संसदमा मात्र सार्वजनिक गर्नुपर्नेमा बजेट बनाउँदै गर्दा व्यापारीका प्रतिनिधिलाई राखेर बनाइएको उनले बताए ।

‘यहाँ त बनाउँदै गर्दा व्यापारीका प्रतिनिधि राखेर, बनाउन भन्दा अघि कमिसन खाएर बजेट बनाइन्छ भने के हालत होला देशको ?’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array