पुलको उद्घाटन नहुँदै जाली भत्कियो

माण्डवी न्युज
माण्डवी न्युज ४ असार २०७९, शनिबार
1 Min Read
Aa

दाङ – बबई नदिमा नवनिर्मित पक्की पुलको उद्घाटन नहुँदै जाली भत्किएको छ ।

बबई ७ मठेउरा देखि रावततरा जोड्ने पक्की पुलको सुरक्षाको लागि लगाएको जाली केहिदिन अघि आएको बर्षाले भत्काएको छ । रावततरा साइड नेर पक्की पुलको सुरक्षाको लागि लगाएको जाली भत्किएको हो ।

सामान्य बर्षातले जाली भत्काएको हुँदा पुलको सुरक्षाका लागि लगाइएको जाली मापदण्ड अनुसार नभएको हुन सक्ने स्थानीयको भनाई छ ।

वर्षा मौसमको सुरुवात नहुँदै नवनिर्मित पुलको जाली भत्किएको हुँदा सम्बन्धित निकायले यस तर्फ ध्यान दिन स्थानीयबासीले आग्रह गरेका छन् । पक्की पुल केहि महिना अघि सम्पन्न भएको हो । तर पुल उदघाटन गरिएको छैन् । गाडि मोटर भने चल्न सुरु गरिसकेका छन् ।

२०७२ साल देखि निर्माण सुरु भएको पक्की पुल २०७३ सालको बाढीले बगाएपछि सोही स्थानमा फेरी नयाँ डिजाइन पुल निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array