सत्ता गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद हेरफेरबारे छलफल

माण्डवी न्युज
माण्डवी न्युज ५ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। शीर्ष नेताहरूको बैठकमा मन्त्रिपरिषद बैठक हेरफेर र चुनावको मितिबारे छलफल भएको बुझिएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुनसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

बजेट पारित भएलगत्तै मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय गरेका नेताहरूले प्रतिनिधिसभाबाट बजेट पारित भएसँगै त्यो विषयलाई निरन्तरता दिएका छन्। समाजवादीले सरकारमा सहभागी आफ्ना मन्त्री फेर्ने सचिवालयको निर्णयलाई स्थायी कमिटिबाट अनुमोदन गराएको छ।

प्रतिक्रिया दिनुहोस्

Array