कार्यालय प्रमुखले लिखित प्रतिवद्धता जनाए पछि ताला खोलियो

माण्डवी न्युज
माण्डवी न्युज ५ असार २०७९, आईतवार
1 Min Read
Aa

दाङ – नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा स्थानीयले लगाएको ताला २ घण्टा पछि खोलिएको छ । आईतबार बिहान विद्युत नियमित हुनुपर्ने मागसहित विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा स्थानीयले तालावन्दी गरेका थिए ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञान बहादुर फर्सालले विद्युत लाईनमा आउने समस्याको समाधान निकाल्ने लिखित प्रतिवद्धता जनाए पछि ताला खोलिएको हो ।

पछिल्लो समय तुलसीपुर क्षेत्रमा विद्युत अनियमित भए संगै उपभोक्ता समस्या परेका छन् । यसैबिच विद्युत नियमित हुनुपर्ने मागसहित तुलसीपुर उद्योग वाणिज्य संघले कार्यालय प्रमुख ज्ञानबहादुर फर्साललाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष रामप्रसाद चालिसे प्रमुख फर्साललाई ध्यानाकर्षणपत्र बुझाएका हुन ।

प्रतिक्रिया दिनुहोस्

Array