ग्याँसमा छिटै दुईथरि मूल्य तोक्छौं : कार्यकारी निर्देशक थानी

माण्डवी न्युज
माण्डवी न्युज ६ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्याँसमा छिटै दुईथरि मूल्य तोक्ने बताएका छन् । इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताए ।

‘हामी एकदमै चाँडो ग्याँसको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिने’ उनले भने । दाेहाेराे मूल्यबारे अध्ययन गर्न गुणस्तर तथा नापताैलका महानिर्देशक नेतृत्वको टाेलीले काम गरिरहेकाे पनि उनले जानकारी दिए ।

औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्याँस सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्याँसको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाउने थानीले बताए । आइतबारकाे मूल्यवृद्धि पछि पनि निगम अझै ५ अर्ब रुपैयाँ हाराहारी घाटामा रहेको उनको दावी छ ।

अन्तर्राष्ट्रिय बजार मूल्यका कारण १५ दिनमा पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा र ग्याँसमा प्रतिसिलिन्डर ७५४ रुपैयाँ घाटा रहेको उनले बताए ।

बढेको मूल्यका कारण १५ दिनमा २ अर्ब ३५ कराेड रुपैयाँ घाटा रहेको थानीको भनाइ थियो । थानीले समायोजन गरिएको मूल्य पूर्वाधार कर घटाएर नै गरिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

Array