इन्धन मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था छ : मन्त्री बडू

माण्डवी न्युज
माण्डवी न्युज ६ असार २०७९, सोमबार
1 Min Read
Aa
cfk"lt{dGqL a8' k|ltlglw;efdf ;f+;bx?sf] k|Zgsf] hjfkm lbFb} sf7df8f}F, @) h]7 M pBf]u jfl0fHo tyf cfk"lt{dGqL l8n]G›k|;fb a8' k|ltlglw;efsf] z'qmaf/sf] a}7sdf ;fj{hlgs dxTjsf] ljifodf ;f+;bx¿n] p7fpg' ePsf] k|Zgsf] hjfkm lbFb} . tl:a/ M /Tg >]i7÷ /f;;

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकारले बाध्य भएर यता पनि बढाउनुपरेको बताएका हुन् ।

उद्योगमन्त्री बडूले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम देशभित्र भएका उद्योगको क्षमता विकास र रुग्ण उद्योग सञ्चालन गर्ने गरी आएको दाबी गरे । उनले अहिले नेपालमा भएका राष्ट्रिय उद्योगहरू ७० प्रतिशतभन्दा बढी क्षमतामा चल्न नसकेको अवस्था रहेको उल्लेख गरे । उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आएमात्रै राष्ट्रिय उत्पादन बढ्ने उनको भनाइ छ ।

उद्योग मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले सरकारले चिनी उद्योगको संरक्षण गर्ने नाममा भन्सार दर बढाउँदा बजारमा मूल्यवृद्धि भएको दाबी गरे । मूल्यवृद्धि कम गर्नका लागि सरकार आफैँले चिनी आयात गरेर बजारमा उपभोक्ता माग पु¥याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

सरकारले किसानहरूलाई सहजै मल उपलब्ध गराउने प्रयास गरिरहेको बताए । उनले त्यसका लागि भारत सरकारसँग कुराकानी भएको र भारत नेपाललाई चाहिने मल दिन तयार भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

Array