सोसल मिडियाको परिचालन गरेर बालेन्द्र मेयर भए : आरजु राणा

माण्डवी न्युज
माण्डवी न्युज ६ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – सत्तारुढ नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले बालेन्द्र साह सोसल मिडियाको प्रभावकारी परिचालन गरेर काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भएको टिप्पणी गरेकी छन् ।

नेपाल तरुण दलले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेतृ देउवाले रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सी साहले कतिमा हायर गर्नु भयो ? भनि प्रश्न समेत गरिन् । ठूलो फ्लोअर भएको रुटिन अफ नेपाल बन्दलाई परिचालन गरेर स्वतन्त्रतर्फका उम्मेदवार साह मेयर बन्न सफल भएको उनको भनाइ थियो ।

नेतृ देउवाले पार्टी सिष्टममा नेताहरुले देश चलाउने स्पष्ट पारिन् । स्वतन्त्रको तर्फबाट उम्मेदवार बनेर जनप्रतिनिधि बन्ने संवैधानिक व्यवस्था आफ्नो पार्टीको पहलमा भएको उनले दावी समेत गरिन् । नेतृ देउवाले नेता बन्नका लागि आफ्नो क्षमताको पहिचान गरेर आउनुपर्ने धारणा समेत राखिन् ।

प्रतिक्रिया दिनुहोस्

Array