‘म यस्तो गीत गाउँछु २’ असार २५ देखि अस्ट्रेलियामा

माण्डवी न्युज
माण्डवी न्युज ७ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ अस्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ । आगामी जुलाई ९ (असार २५ गते)मा स्थानीय सिभिक थिएटरमा फिल्म प्रदर्शन हुन लागेको वितरण कम्पनी नेपसिनेका विधान कार्कीले बताए ।

कम्पनीले फिल्मको नेपाल, हङकङ र बेलायत बाहेकका मुलुकको प्रदर्शन अधिकार लिएको छ । सिड्नीमा हुने प्रदर्शनमा नेपसिनेले अस्ट्रेलियास्थित इभेन्ट म्यानेजमेन्ट कम्पनी कलर्स अफ नेपालसँग सहकार्य गरेको हो ।

प्रदर्शनमा अभिनेत्री पूजा र निर्देशक सुदर्शन थापा पनि उपस्थित हुने भएका छन् । सिड्नी प्रदर्शनअघि फिल्म अस्ट्रेलियाको मेलबर्नमा जुलाई ५ तारिखको दिन प्रदर्शन हुनेछ । नेपालमा गत फागुन १३ गते फिल्म रिलिज भएको थियो । लभस्टोरी फिल्ममा हरिहर शर्मा र दिनेश डीसीको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

Array