गायक स्वर्णकारको ‘कुराकानी विचार मिल्दैन भने’ सार्बजनिक

माण्डवी न्युज
माण्डवी न्युज ३० फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

दाङ – गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारको ‘कुराकानी विचार मिल्दैन भने’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा ज्ञानेन्द्र स्वर्णकार, अनु चौधरी र बाल गायक सुप्रिम मल्लले स्वरबद्द गर्नु भएको छ। गीतको शब्द गायक स्वर्णकारले आफै लेख्नु भएको छ भने गीतमा संगीत पनि उहाँले नै भर्नु भएको हो ।

यस गीतको भिडियोमा बाल गायक सुप्रिम मल्ल, प्रशान्त श्रेष्ठ, प्रनिता तामाङ र बाल कलाकार प्रज्वल पाण्डे गुरुङको अभिनय देख्न सकिन्छ ।

गीतको एरेन्ज महेश विक्रम पाण्डेले गर्नु भएको छ । उक्त गीतलाई गायक स्वर्णकारले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गर्नु भएको छ । गीतमा माया प्रेम गरेर मात्र के गर्नु यदि विचार कुराकानी मिल्दैन भने अलग अलग भएर बस्दा पनि हुन्छ, यसरी जिन्दगी कति दिन चलन सक्छर ? भन्ने भाव समेटिएको छ । समग्रमा गीत निकै उत्कृष्ट बनेको छ ।

यस अघि गायक तथा संगीतकार स्वर्णकारले ‘नभन मलाई पूर्वेली’ बोलको देशभक्ति गीत, खन्दै जाउ खन्दै जाउ, कारी कारी अंखिया भोजपुरी गीत, हिउँ पर्न्या डाफ्याका लेकैमा देउडा गीत, परेली झिमझिम भो, मेरी आमा, हार्ने बेला हैन साथी कोरोना सचेतना गीत, बस्यो माया प्रिती, पातलु ओठ नशालु आँखा लगायत थुप्रै गीतमा संगीत भर्नुका साथै शब्द लेख्ने र आवाज दिनु भएको छ ।

यस गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्

Array