रविको पार्टी दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी

माण्डवी न्युज
माण्डवी न्युज ८ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो ।

एउटा समूह निवेदन लिएर आएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘प्रमुख निर्वाचन अधिकृत ज्युलाई संबोधन गरेर निवेदन लिएका आएकाहरु उहाँलाई भेट्न जानु भएको छ,’ उनले भने । अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array