सही समयमा लेखा परीक्षण नहुँदा राज्यमा बेरुजु थुप्रिँदै गयाे : अर्थमन्त्री शर्मा

माण्डवी न्युज
माण्डवी न्युज १० असार २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडाैँ – अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ-नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरूले गर्नुपर्ने बताएका छन्। शुक्रबार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्ताे बताएका हुन्।

उनले अडिटरहरू नै डिजिटल कारोबारको विज्ञ भएको पनि बताए। मन्त्री शर्माले नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सी लगायत अन्य धेरै कारोबार पनि भइरहेको बताए। उनले भने,‘ अर्थतन्त्रमा समस्याहरू धेरै छन्। अहिले नयाँ-नयाँ डिजिटल प्रविधिहरूबाट कारोबारहरू भइरहेका छन्।

ती कारोबारको बारेमा अध्ययन गर्ने कसले हो? यहाँहरू नै विज्ञ हुनुहुन्छ। यहाँहरूले नै अध्ययन गर्नुपर्छ होला। अहिले युग नै डिजिटलमा जाँदैछ। क्रिप्टो लगायतका तमाम केके थुप्रै कारोबारहरू भइरहेका छन्। यी सबै कारोबारहरूको अध्ययन कसरी गर्नेर?, नेपालको अर्थतन्त्रमा कहाँ समस्या छ? कसले अध्ययन गर्ने त? परीक्षकहररुले नै यो संस्थालाई कमजोर छ भन्दै हिँड्ने हो भने कसरी यसको सवलीकरण हुन्छ? लेखा परीक्षकहरूले त्यतातिर ध्यान दिनुपर्छ।

’ मन्त्री शर्माले लेखा परीक्षणमा समस्या हुँदा एकपछि अर्को बेरुजु थुप्रिँदै गएको दाबीसमेत गरे। उनले विभिन्न निकायहरूले लेखा परीक्षण समयमा नै नगर्दा राज्यले बेरुजुको भार बोक्नुपरेको बताए। उनले भने, ‘लेखा परीक्षण कार्यालयहरूमा गएर सरकारले अडिटहरू गर्छ। फेरि पनि अहिले सरकारको ठूलो ठूलो एकपछि अर्को बेरुजु थुप्रिँदै गइरहेको छ।

हाम्रो एकाउण्टकै समस्या हो। त्यसलाई सही ढंगले समयमा निरुपण, अडिट र व्यवस्थापन नगर्दा समस्याहरू परेको छ। अहिले राज्यले थुप्रै बेरुजु खेप्नुपरेको छ। यतै कतै कमजोरी छ। लेखा कमजोरीको कारणले त्यो भएको छ।’ अर्थमन्त्री शर्माले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शिता बनाउनु राष्ट्रिय चुनौतीको रूपमा रहेको पनि बताए। यसैगरी, महालेखापरीक्षक टंकमणि शर्मा दंगालले अनलाइन प्रविधिबाट अडिटमा समस्या रहेकाे बताए।

प्रतिक्रिया दिनुहोस्

Array