मन्त्री श्रेष्ठको पहिलो निर्णय : स्वयम्भू-हनुमानढोका सम्पदा पदमार्ग निर्माण

माण्डवी न्युज
माण्डवी न्युज १३ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज पदबहाली गरेका छन् । पदबहालीको क्रममा उनले दुई वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाउने निर्णयमा उनले हस्ताक्षर गरे । स्वयम्भु–हनुमानढोका सम्पदा पदमार्गका लागि सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेटसमेत छुट्याएको छ ।

यसैगरी कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिए । यस सम्बन्धमा विगतमा विभिन्न अध्ययन प्रतिवेदन भएको र अब कार्ययोजना नै बनाएर पेश गर्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array