पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध

माण्डवी न्युज
माण्डवी न्युज १४ असार २०७९, मंगलवार
0 Min Read
Aa

दाङ– पहिरो झरेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै सडक माथिबाट पहिरो खस्दा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।

ठूला ढुंगासहित पहिरो खसेको र पहिरो झर्न नरोकिएकाले सडक सञ्चालन हुन केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तरगत नवलपरासीको अरुणखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array