बाँकेमा चट्याङ लागेर बालकको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज १५ असार २०७९, बुधबार
0 Min Read
Aa

काठमाडाैँ– बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

चट्याङ लागेर घाइते भएका राप्तीसोनारी-३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

थारुसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन्। उनको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array