शेखर समूहले भन्यो–देउवाले पार्टीभित्र एकलौटी गरे, ‘रचनात्मक विद्रोह’ हुनसक्छ

माण्डवी न्युज
माण्डवी न्युज १६ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाली काँग्रेसमा डा.शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिएको छ । बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला पक्षको बैठकले पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कोइराला समूहले विद्रोहको चेतावनी दिएको हो ।

बैठकपछि बोल्दै कांग्रेस नेता चन्द्र भण्डारीले भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा समेत उठेको बताए । उनले कस्तो खालको विद्रोहको गर्ने र आगामी कदम के हुने भन्ने बारेमा शुक्रबारको बैठकले टुंगो लगाउने बताए । यस्तै बैठकले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको निष्कर्ष निकालेको छ ।

बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढेको निकालेको हो । पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए । शेखर पक्षको बैठक शुक्रवार अपरान्ह पुनः बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array