काठमाडौंमा हैजाका बिरामीको संख्या १७ पुग्यो, केयूकेएलको पानी प्रदूषित

माण्डवी न्युज
माण्डवी न्युज १७ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मन लाल दासका अनुसार शुक्रबार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिएसँगै बिरामीको संख्या १७ पुगेको हो ।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा एक गरी पाँच जना हैजाका बिरामीको उपचार भइरहेको छ । बिरामीमा हैजाको स्रोत पानी देखिएको डा. दासले  जानकारी दिए । स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, सानेपा, कालिमाटि लगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो।

उपत्यकामा वितरण गरिने खानेपानी पिउनयोग्य नरहेको भेटिएको डा. दासले बताए । उनका अनुसारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोलाई भेटिएको छ । ‘केस अनुसारको नुमना परीक्षणको रिर्पोट एकै किसिमको छैन । इनार, धारा तथा ट्यांकरको सबै पानी प्रदूषित छ ।

केयूकेएलको कुनै ठाउँको पानीमा इकोलाई देखियो,’ दासले भने,’ यसबाट पनि प्रदूषित छ भन्ने प्रष्ट हुन्छ । तर, पानीमा कहाँबाट हैजा सरेको हो भन्ने एकीन भएको छैन ।’ केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि इडीसीडीले शुक्रबारदेखि अनुगमनलाई तीव्रता दिने जनाएको छ । महाशाखाले सबैतिरको पानीमा दिसाको जीवाणु भेटिएकाले उमालेर वा झोल क्लोरिन हालेर पिउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array