सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको सन्देश : अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ

माण्डवी न्युज
माण्डवी न्युज १८ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौं– प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका शीर्ष नेता शनिबार निजगढ आएर यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताएका छन् ।

सर्वोच्च अदालतले १२ जेठमा निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएका सबै निर्णय खारेज गरेको थियो । त्यो फैसलाको पूर्णपाठ बुधबार आएको छ, जसले हालको प्रक्रिया खारेज भएपनि त्यहीँ विमानस्थल बन्नसक्ने बाटो खुला भने बन्द गरेको छैन ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने भए विज्ञहरुको अध्ययन टोली बनाई कम भन्दा कम वातावरणीय क्षति हुने ठाउँ छनोट गरी निर्माण गर्न आदेश दिएको छ ।

फैसलाको पूर्णपाठ आएको तीन दिनपछि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल मन्त्रीहरुसहित निजगढ पुगेका हुन् ।

प्रधानमन्त्रीकै अग्रसरतामा भ्रमण कार्यक्रम राखेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘आजको कार्यक्रमले सर्वोच्चको फैसलामा टेकेर विमानस्थल बनाउन सरकार प्रतिवद्ध छ, यसमा राजनीतिक दलहरुको ऐक्यवद्धता छ भन्ने सन्देश दिएको छ ।’ अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्

Array