चट्याङ लागेर प्युठानमा दुई जनाको मृत्यु, नौ जना घाइते

माण्डवी न्युज
माण्डवी न्युज २१ असार २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ बिजुलीकोटमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सात वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।

चट्याङ लागेर ऐरावतीको वडा न ६ का ५ जना र वडा नं १ दाङवाङ्गका ४ जना गरि ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

यी मध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले जानकारी दिनुभयो । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेकाे छ । प्युठानबाट पत्रकार सलिम मियाँको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

Array