कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सुरु

माण्डवी न्युज
माण्डवी न्युज २१ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – कक्षा १२ को विद्यार्थीको उत्तरपुस्तिकाको परीक्षण सुरु गरिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोडिङ सकेर परीक्षण सुरु गरेको जानकारी दिए ।

उनले भने ‘भर्खर कोडिङ सकेर परीक्षण थालिएको छ । कहिले सकिन्छ भनेर अहिले नै भन्न छिटो हुन्छ ।’ जिल्ला जिल्लामा भएका परीक्षण केन्द्रमा परीक्षण भईरहेको उनको भनाई छ ।

सकेसम्म चाँडो नतिजा सार्वजनिक गर्ने नियन्त्रक शर्माले बताए । कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ४ लाख १० हजार विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array