संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्र प्रहरीका हवल्दार थुनामा

माण्डवी न्युज
माण्डवी न्युज २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – सशस्त्र प्रहरी बलको गोप्य सूचना तथा जनशक्ति विवरणसम्बन्धी सूचना सञ्चारमाध्यम र पत्रकारलाई दिएको अभियोगमा एकजना सशस्त्र प्रहरीका कर्मचारी कारबाही परेका छन् ।

संगठनको गोप्य र संवेदनशील सूचना भाइरबर लगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोगमा सशस्त्र प्रहरी बल¸ नेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भइ हाल दार्चुलामा कार्यरत कार्यरत का.मु. वरिष्ठ हवल्दार नरेशसिंह शाहु कारबाहीमा परेका हुन् ।

उनले सशस्त्र प्रहरी ऐन¸२०५८ विपरीत गोप्य सूचना चुहाएको भन्दै सशस्त्र प्रहरी विषेश अदालतमा २२ असारमा मुद्दा दायर भएको सशस्त्र प्रहरीको प्रधान कार्यालय, हल्चोकले जनाएको छ ।

सोही बमोजिम शाहुलाई शुक्रबारको थुनछेकको बहसको क्रममा सशस्त्र प्रहरी विशेष अदालतको आदेशमा पछि ठहरे बमोजिम हुने गरी हाललाई पूर्पक्षका लागि थुनामा पठाइएको सशस्त्र प्रहरीको मुख्यालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array