प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कर्मचारी माग

माण्डवी न्युज
माण्डवी न्युज २५ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत करार सेवामा कर्मचारी भर्नाका लागि सरकारले दरखास्त आह्वान गरेको छ।

संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले ७५३ वटै पालिका (स्थानीय तह)मा रोजगार सहायक पदमा करार पदपूर्ति गर्न शनिबार सूचना जारी गरेको हो।

प्रत्येक गाउँपालिका तथा नगरपालिकामा १/१ जना रोजगार सहायक भर्ना गरिने जनाइएको छ। रोजगार सहायकले स्थानीय सेवाको सहायक पाँचौं तह सरहको सेवासुविधा पाउनेछन्।

कम्तीमा प्रविणता प्रमाणपत्र तह (१२ कक्षा) उत्तीर्ण गरेका र १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकले रोजगार सहायक पदमा आवेदन दिनसक्ने जनाइएको छ।

Pradhanmantri_Rojgar_vacancy1657343560.jpg

प्रतिक्रिया दिनुहोस्

Array