खानेपानी निर्वाचन : गठबन्धनको प्यानलकै अग्रता कायम

माण्डवी न्युज
माण्डवी न्युज २६ असार २०७९, आईतवार
2 Min Read
Aa

दाङ – खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वको लागि भएको मतगणना जारी छ । देवीबहादुर वली (देवी वकिल) ले नेर्तत्व गरेको गठबन्धनले अग्रता कायम गरेको छ । पदाधिकारीको १ हजार ४ सय ६९ मत गणना भइसकेको छ ।

अध्यक्षमा गठबन्धन प्यानलका देवीबहादुर डिसीले ९४८ मत प्राप्त गरेका छन् भने संयुक्त प्यानलका नारायण भुसालले ४५७ मत प्राप्त गरेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेयले ७५४ मत प्राप्त गरेका छन् भने नरबहादुर बुढाथोकीले ५५४ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्षमा हेमन्ती पुन मगरले ६८७ मत ल्याएकी छिन् भने लक्ष्मीसिंह ठकुरीले ५७९ मत प्राप्त गरेकी छिन् । सचिवमा धर्मेन्द्र श्रेष्ठले ७४४ मत ल्याएका छन् भने दिपक श्रेष्ठले ५४३ मत ल्याएका छन् । कोषाध्यक्षमा ध्रुव केसीले ९०० मत प्राप्त गरेका छन् भने सानुमाया अधिकारीले ३७४ मत ल्याएका छन् ।

महिला सदस्यमा २ हजार ३ सय मत गणना भएको छ । खुमा खड्काले १४१८, विन्दु पाण्डेयले ११९१, यशोदा पाण्डेयले १०७६, ज्योती रोका मगरले ६८१, देवकला पाण्डेले ७७४ र लक्ष्मी अधिकारीले ८०६ मत प्राप्त गरेका छन् ।

खुला सदस्यमा १ हजार ९ सय ८३ मत गणना भएको छ । किशोर आचार्य ११६९, दिनेश वली ८०३, युवराज आचार्यले ८६९, नारायण लामिछानेले ३७४, महेश न्यौपानेले ५६९, सुनिल बनियाँले ४४६, हरि खरेलले ७०७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array