बाबुराम र उपेन्द्रले थाले फरक पार्टीको अभ्यास

माण्डवी न्युज
माण्डवी न्युज २६ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले फरक-फरक पार्टीको अभ्यास थालेका छन्। केही समयदेखि आन्तरिक विवादमा फसेका भटराई र यादवले अब भने पार्टी विभाजन गर्ने अन्तिम चरणमा पुगेका हुन्।

आपसी मतभेद मिल्न नसकेपछि अघिल्लो हप्ता दुई नेताले सहमतिमै छुटिने निर्णय गरेका थिए। निर्णयअनुसार दुवै जनाले केन्द्रीय समिति बैठक आह्वान गरेका छन्। उपेन्द्र यादवले असार २९ र ३० गते वीरगन्जमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका छन्।

यादवले बैठक बोलाएपछि भट्टराई पक्षले त्यसको एक दिनअघि काठमाडौंमा असार २८ र २९ मा बैठक बोलाएका छन्। जसपाका दुवै बैठकमा समसामियक विषयमा छलफल हुने बताइएको छ।

यादव पक्षले सकेसम्म नेता तथा कार्यकर्तालाई रोक्ने र भट्टराई पक्षले आफूसँग ल्याउने कसरत गरिरहेका छन्। भट्टराई पक्षले बैठक बोलाएपछि यादव पक्षका कार्यालय प्रमुख प्रकाश अधिकारीले अनाधिकृत व्यक्तिले बोलाएको बैठकमा नजान आग्रह गरेका छन्।

उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनाधिकृतरुपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको बुझिन आएको, तर त्यो बैठक पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ।’

प्रतिक्रिया दिनुहोस्

Array