धनुषा जिल्ला अदालतका न्यायाधीश भट्टराईको जिम्मेवारी खोसियो

माण्डवी न्युज
माण्डवी न्युज २७ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई काजमा तानेको छ । सोमबारदेखि नै लागू हुने गरी उनलाई काजमा सर्वोच्च अदालतमा तानिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको हो ।

न्यायाधीश भट्टराईले गरेका केही फैसला विवादित भएपछि उनलाई जिल्ला न्यायाधीशको जिम्मेवारीबाट हटाएर काजमा तानिएको स्रोतको भनाइ छ । उनले गोली हानेर व्यवसायीको हत्या गरेको अभियोग लागेका व्यक्तिलाई प्रमाण नपुगेको भन्दै सफाइ दिएका थिए ।

पेस्तोल र गोलीसहित पक्राउ परेका आरोपितलाई सफाइ दिने फैसला विवादित बनेको थियो । पछिल्लो समय सर्वोच्च अदालतले फैसलामा कैफियत देखिएका तथा विवादास्पद फैसला गरेका विभिन्न न्यायाधीशलाई काजमा तान्ने कार्यलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array