समितिले जनार्दन शर्मामाथि आजबाट छानबिन गर्दै

माण्डवी न्युज
माण्डवी न्युज २८ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारबाट काम थाल्ने भएको छ।

संसदले गठन गरेको संसदीय विशेष समितिले मंगलबारबाट काम सुरु गर्न लागेको हो। काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक बैठक बसेर आफ्नो जिम्मेवारी पूरा गर्न थालेको हो। मंगलबार बस्ने बैठकले कार्यविधि तय गर्नेसहितका काम गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array