कांग्रेसले थाल्यो : स्थानीय निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी

माण्डवी न्युज
माण्डवी न्युज २८ असार २०७९, मंगलवार
3 Min Read
Aa

दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नं.२ ले आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा तथा आगामी निर्वाचनको तयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लै लड्दा पनि जीत सुनिश्चित भएका ठाउँहरुमा पार्टीभित्रको अन्तरघातका कारण हार्नु परेको भन्दै आगामी निर्वाचनमा उम्मेदवार चयन गर्दा ध्यान दिनुपर्ने नेतृत्वलाई सुझाव दिएका छन् ।

उनीहरुले कांग्रेसको खोल ओढेर कांग्रेसलाई नै सिध्याउन लाग्ने नेतादेखि कार्यकर्तासम्म जो कोही व्यक्तिलाई नेतृत्वले कारवा.ही गर्ने हिम्मत नगर्दासम्म पार्टीका उम्मेदवारहरुले हार बेहोरिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा संविधानसभा सदस्य राजु खनालले विगतको स्थानीय तह निर्वाचनबाट पाठ सिकेर आउने निर्वाचनमा नेपाली कांग्रेस पार्टीलाई बिजयी गराउने गरी सवै लाग्नुपर्ने बताए । स्थानीय तह जस्तै आउने प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन रहने भन्दै उपसभापति खनालले त्यही अनुसार सवैले सोच्नुपर्ने बताएका थिए ।

कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेय, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति वीरकेश्वरी गौतम, पूर्व जिल्ला सभापति किर्तिबहादुर खड्का, कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथा सिचाइ राज्यमन्त्री अर्जुन श्रेष्ठ, पूर्व जिल्ला सहसभापति मोहनलाल वली, नेपाली कांग्रेस दाङका उपसभापतिद्वय कमानसिंह भारती, गिरिराज सुवेदी, जिल्ला सचिव अर्जुनकुमार योगी, महासमिति सदस्य भुपबहादुर डाँगी, महासमिति सदस्य गोपालराज शर्माले स्थानीय तह निर्वाचनमा गठबन्धनप्रति दलहरु इमान्दार बन्न नसक्दा पार्टीले हार्नुपरेको बताएका थिए । साथै उनीहरुले त्यसबाट पाठ सिकेर आगामी आउने निर्वाचनमा जनताले पत्याएको लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने गरी सोच्नुपर्ने बताएका थिए । अस्तित्वको जगमा असन्तुष्टि राख्नुपर्ने भए पनि केही व्यक्ति अस्तित्वनै मेट्ने गरिलाग्दा कांग्रेसले निर्वाचन हारिएको बताए ।

नेपाली कांग्रेस क्षेत्र न २ का सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेताहरू भरतबहादुर न्यौपाने, बमबहादुर डिसी, कांग्रेसका नेता नदन शर्मा, नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य सुशीला थापा, कांग्रेसका घोराही नगर सभापति तिलक रावत, कांग्रेसका जिल्ला सदस्य खेमराज बिश्वकर्मा, नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकी, नेपाली कांग्रेस क्षेत्र नं. १ का सदस्य गोपाल नेपाली, घोराही उपमहानगरपालिका १९ का वडा अध्यक्ष ज्ञानबहादुर रायमाझी, नेपाली कांग्रेसका घोराही उपमहानगरपालिका १७ का सभापति बुझौना चौधरी, नेपाली कांग्रेस घोराही १८ का वडा सभापति केशरबहादुर रावत, नेपाली कांग्रेस तुलसीपुर १७ का लालबहादुर गिरी, गोबिन्द मजगैया, नारायण जिएम, बिरेन्द्र खड्का, दिलिपकुमार डिसी लगायतले बोलेका थिए ।

नेपाली कांग्रेस क्षेत्र नं. २ (क) सभापति तथा क्षेत्र नं. २ का उपसभापति प्रकाश श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव हिमबहादुर डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array